काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु भएको छ । अल्का अस्पताल र मेघा अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मेघा अस्पतालमा धापाखेलका ८० वर्षीय वृद्धको मंगलबार मृत्यु भएको छ । उनी भदौ ६ गतेदेखि अस्पतालमा उपचाररत थिए । त्यस्तै अल्का अस्पतालमा पाटनका एक जना वृद्धको मृत्यु भएको छ…