राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरेकी हुन् । ढकालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । विज्ञ सल्लाहकार ढकालले सार्क विकास कोष, युरोपेली शान्ति संस्थालगायतका निकायमा काम गरिसकेका छन् ।