वीरगञ्जमा थाइराइडबाट पीडित महिलाको कोरोनाबाट मृत्यु

वीरगञ्ज – वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका १२ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । थाइराइडबाट पीडित रहेकी महिलामा १४ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, श्वासप्रश्वासको समस्यासमेत भएपछि आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो…