दार्चुला - निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डको ट्र्याक खुलेको ४० किलोमिटर सडकखण्ड डेढ महिनादेखि अवरुद्ध भएको छ । १२ वर्ष अघिबाट निर्माण शुरु भएको सो सडकखण्डको खलङ्गादेखि व्यास गाउँपालिकाको सुनसेरा तुसरपानीसम्म सडकको ट्र्याक खुलेको थियो तर बर्खा शुरु भएसँगै यो क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । खलङ्गादेखि दुहुँको हिकिलासम्म मात्रै झण्डै आधा दर्जन ठाउँमा…