काठमाडौं - काठमाडौंको बौद्धमा गोली चलेको छ । ज्यानमारा मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए । बौद्धस्थित जम्भुडाँडामा प्रहरीले तामाङलाई गोली हानेको थियो। गोली लागेका तामाङ घाइते छन्। उनको दाहिने खुट्टाको घुँडामुनि…