काठमाडौं — मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरल) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । ‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ', कार्यालयप्रमुख भानु कोइरालाले भने, 'त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ’ । जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल…