सुनभन्दा महङ्गो ‘यार्सा’ खोज्न स्थानीय लागे पाटनतिर

–नरेन्द्रसिह कार्की दार्चुला – काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरु । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो । अपि हिमाल गाउँपालिका–३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सा सङ्कलन गर्न लेकतिर जाँदै थिइन्…