काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक बालकलाई आँगनदेखि नै डोर्याउँदै उनको कोठामा लगेर कापी–किताब मागे । बालकले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए । पाँचखाल नगरपालिका–१२ बालुवामा रहेको सुजन दनुवारको घरमा शनिबार अपराह्न पुगेका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे…