बर्दियाको राजापुर सबस्टेसन संचालन, विद्युत् आपूर्ति सुधार हुने

काठमाडौं – बर्दियाको राजापुर क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट (केभी) राजापुर सबस्टेसन बुधबारबाट संचालनमा आएको हो । यसबाट त्यस क्षेत्रका करिब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत्…