काठमाण्डु —बैदेशिक रोजगारका लागि खाडी मुलुक गएका १० हजार नेपाली अलपत्र परेका छन् । नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले खाडी मुलुकमा मात्रै ५० भन्दा बढी शवसहित १० हजार नेपाली अलपत्र रहेको बताएको छ ।समितिले वैदेशिक रोजगारीका क्रममा विदेश पुगेका नेपाली कोरोना संक्रमणलगायत विभिन्न कारणले अलपत्र भएको भन्दै समाजले उद्दारका लागि सरकारसँग आग्रह गरेको छ…