काठमाण्डुबाट फर्किएका कर्मचारीमा कोरोना संक्रमण, आँबुखैरेनी गाउँपालिका बन्द

काठमाण्डु – एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका बन्द भएको छ । गाउँपालिकाका र वडा कार्यालयबाट प्रदान हुने सेवा प्रवाह साउन २० गतेसम्म बन्द गरिएको हाे । गंगालाल राष्ट्रिय हृदय रोगमा उपचाररत् बिरामी आफन्त भेटेर फर्केका गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।