काठमाण्डु – प्रहरीले पशुपति आर्यघाटबाट जलाउन लागेको शव नियन्त्रणमा लिएको छ । आइतबार ललितपुर प्रहरी परिसरको टोली पशुपति आर्यघाटको शवसहित मृतकका छोरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाबुको मृत्यु शंकास्पद भएको भन्दै छोरा सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ । छोराले दागबत्ती दिनै लाग्दा प्रहरीले शवलाई नियन्त्रणमा लिएको छ । बिहीबार बाबुछोरबीच झगडा भएको थियो ।…