सुन, चाँदी र पेस्तोल फालेर भागेको स्कार्पियो गाडी भेटियो

काठमाण्डु – सुनचाँदी र पेस्तो फालेर भागेको भनिएको स्कार्पियो गाडी भेटिएको छ । प्रहरीले मंगलबार काठमाण्डुको कमलपोखरीमा चेकजाँचका क्रममा १५ केजी सुनचाँदी र २ पेस्तोल छाडेर भागेको बा ६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नख्खिपोटमा बन्दै गरेको घरको कम्पाउन्डभित्र त्रिपालले छोपेर राखिएको अवस्थामा भेटाएको हो । गाडीसँगै फरार देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई…