कञ्चनपुर - प्रकृतिको कुचिकारका रुपमा चिनिने अति संकटापन्न अबस्था रहेका गिद्धको संख्या बढ्दो अवस्थामा रहेको छ। स्थानीय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्यामा बृद्धि हुन थालेको हो। बास स्थानको सुरक्षा हुन थालेपछि गिद्धले सहज रुपमा बस्ती नजिकैका क्षेत्रमा गुँड लगाएर बच्चा हुर्काउन थालेका छन्। नेपाल पंछी संरक्षण संघका हिरुलाल चौधरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय…