मेडिकल कलेजका शुल्क अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौँ– चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ । समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, मनकुमारी केसी र…