तीन तरिकाबाट शिक्षक बढुवा गर्ने प्रस्ताव पारित

काठमाण्डु– विद्यालय शिक्षा विधेयकमा अब शिक्षक महासंघको सदस्यता बोकेका शिक्षकले प्रधानाध्यापकमा नियुक्त भएलगत्तै उक्त सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले परामर्श उपसमितिबाट सहमतिका आधारमा तयार गरिएको संशोधन प्रस्ताव पारित गरेको हो। नयाँ प्रावधान अनुसार, नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा, प्रधानाध्यापक…