पूर्व राजा पारस मुस्ताङमा, होटलका कर्मचारीसँग खिचाएको तस्वीर बाहिरियो

जोमसोम – पूर्व युवराज पारस शाह आफ्ना निकट सहकर्मीका साथ मुस्ताङ पुगेका छन् । पूर्व युवराज शाह पोखरादेखि म्याग्दी हुँदै बुधबार दिउँसो मुस्ताङ पुगेका हुन् । मुस्ताङ आउने क्रममा शाह थासाङ गाउँपालिका लेतेस्थित संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको होटल सियुमा बास बसेका थिए । उनी अहिले जोमसोमस्थित फाइभ स्टार होटलमा विश्राम गरेको बुझिएको छ भने…