काठमाडौं – बढी शुल्क असुल गरेको विरोधमा आन्दोलनमा रहेका मेडिकल कलेजका विद्यार्थीहरुले सरकारले मोफसलबाट आफूहरुको माग नसुनेको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । सरकारले तोकेको भन्दा बढी रकम असुल गरेका मेडिकल कलेजले फिर्ता गर्न सरकराले दिएको निर्देशन पनि नमानेको, आफ्नो निर्देशन नमान्ने कलेजलाई सरकारले कारबाही पनि गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको आन्दोलनरत विद्यार्थीहरुले…