काठमाडौं–सरकारले राष्ट्रिय विकास परिषद्मा २५ जना सदस्य मनोनित गरेको छ। गत चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोग कार्यसञ्चालन आदेश २०७४ को दफा ७ को उपदफा २९ञ० बमोजिम विभिन्न क्षेत्रका…