काठमाडौं उपत्यकामा ४२ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौंका १५, भक्तपुर १, ललितपुर १३ जनामा कोरोना पुष्टि भएको हो ।…