विप्लव समूहको बारुद गोदाममा प्रहरीको छापा, भण्डारण गरेको विस्फोटक पदार्थ बरामद

काठमाडौं । प्रहरीले झापामा विप्लव समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा छापा हानेर ठूलो मात्रामा बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा हानेको हो । जुटको बोरामा लुकाईछिपाई भण्डारण गरी राखेको अवस्थामा…