काठमाण्डु – बलात्कारपछि हत्या गरिएकी बझाङकी १७ वर्षीया किशोरी भागरथी भट्ट र आरोपी दिनेश भट्टको डीएनए मिलेको छ । मृतक भागरथीको भजाइनल स्वाव आरोपित दिनेशसँग मिलेको हो । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट डीएनए मिलेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश कुमार सिंहले काठमाण्डुपाटीलाई जानकारी दिए । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा…