संखुवासभामा अरूण नदी थुुनियो, सेना र प्रहरी परिचालन

काठमाडौं – संखुवासभामा पहिरो खस्दा अरूण नदी आंशिक रुपमा थुुनिएको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर–२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले मकालु गाउँपालिका वडा नम्बर…