एटीएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली

-नारायण ढुङ्गाना काठमाडौं – बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाण्डौमा एटीएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटीएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन…