सांसद रेशम चौधरीले लिए सपथ, सभामुखले लगाइदिए फूलमाला

काठमाडौं - हत्या मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण लिएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्। चौधरीलाई बिहानै ११ः ३० बजे शपथ गराउने कार्यक्रम रहेको थियो तर जेलको कानुनी प्रकृया…