काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हाल्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत पुगेका छन्। प्रधानन्यायाधीश राणाले संसदीय सुनवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीका लागि बुधबार कुनैपनि इजलास तोकेका छैनन्। सर्वोच्च परिसरमा उनलाई मुख्यरजिष्ट्रार राजन भट्टराईले स्वागत गरेका छन्। प्रधानन्यायाधीशलाई सर्वोच्चका बरिष्ठतम् न्यायाधीशले स्वागत गर्ने चलन छ। अहिले सर्वोच्चमा न्यायाधीश दीपकराज जोशी…