सिंहदरबारकै गेटमा गृहमन्त्री र आईजिपीको राजीनामा मागियो

काठमाडौं –गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै बिहिवार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ । बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको ठाउंमा धर्ना दिएका हुन्…