दैलेख - महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट गाउँपालिकामा आएका ४३ र संयुक्त अरब इमिरेट्सको दुबईबाट आएका एक जनाको स्वास्थ्य जाँच गरिएको हो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तर्कबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो । महाबु…