सुरज भण्डारी/टेक्सस् – नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्छन् । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ । स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले समेत सङ्क्रमण रोकथामलाई महत्व दिएको अवस्थामा नेपालले…