काठमाडाैं - बर्दियामा झन्डै आठ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ । आजसम्म सात हजार ९६५ घरपरिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा सबैभन्दा धेरै मधुवन नगरपालिकाले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका तथ्यांकानुसार मधुवनले हालसम्म दुई हजार ४५८ घरपरिवारलाई राहत वितरण गरेको छ । यस्तै बढैयाताल गाउँपालिकाले…