काठमाडौं - नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने बाटो खनेको विरोधमा सडकमा उत्रिएका श्रेष्ठ र बस्नेतलाई शनिबार दिउँसो काठमाडौंको शंकपार्कबाट पक्राउ गरेको हो । उनीहरु दुवैलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । आजै लिपुलेकमा सडक बनाएको विरोधमा राजधानीको लैनचौर र माइतीघर लगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको…