पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ। ९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठमा मंगलबार बिहान निधन भएको हो। गिरी लामो समयदेखि रोगले थलिएका थिए। कलेजोको क्यान्सरबाट पीडित गिरीलाई सोमबार मात्र मेडिसिटी अस्पतालबाट निजी निवास लगिएको थियो । गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। सिराहा जिल्लामा जन्मिएका गिरी राजतन्त्रका…