राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

-हेमन्त केसी,जाजरकोट - भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उनीसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसेका छन् ।…