नेकपामा पद बाँडफाँट: श्रीमान इन्चार्ज, श्रीमती अध्यक्ष

काठमाडौँ—एकतापछिको १४ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला र ६ वटा महानगरपालिको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ। कूल ८३ इन्चार्जमध्ये पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ परेका छन्। मकवानपुरमा भने श्रीमानले इन्चार्ज र श्रीमतीले जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। संघीय सांसद रहेका नेकपाका नेता विरोध खतिवडा जिल्ला इन्चार्ज बनेका छन्।…