बुढानिलकण्ठबाट बाघको छालासहित तीन जना पक्राउ

काठमाडौं –अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री तथा ओसारपसार हुँदै गरेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ तेन्जिङ चोकबाट अवैध रुपमा संरक्षित वन्यजन्तु बाघको छालासहित दोलखा शैलुङ गाउँपालिका–४ का मानबहादुर तामाङ, गोरखा वारपाक सुलीकोट गाउँपालिका–३ की लोकमाया गुरुङ र सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४…