काठमाण्डु – संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले बहसका क्रममा कानून व्यावसायीहरुले धेरै समय लिन थालेपछि समय नै तोकिदिएका छन् । उनले बुधबार बहस सुरु हुनुपूर्व एक जनाले बढीमा ३० मिनेटभित्र बहस गरिसक्नुपर्ने रुलिङ गरेका हुन् । प्रधानन्यायाधीश जबराले यसअघि बोल्ने वकिलहरुले अनवाश्यक रुपमा समय बर्बाद गरेको भन्दै तोकिएको…