काठमाडौं – आफूलाई धर्ती माता दाबी गर्दै युवतीहरुलाई यातना दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल घर भएकी कथित धर्ती माता विष्णु कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै…