कतारमा मृत्यु भएका श्रीमानको शव कुर्दै सम्झना

दाङ – प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग कुरा गर्थिन् । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा । विसं २०७२ को तिहार मानेर कतार उडेका लमही नगरपालिका–८ बीचगाउँका फुलीराम चौधरी यही दशैँमा घर आउने पक्कापक्की थियो ।…