नुवाकोट - नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आईतबार बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए। शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना…