काठमाडौं–अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लीएर घाँसे मैदानमा धसिएको यती एअरलायन्सको चार्टर विमानलाई सशस्त्र प्रहरीको टोलीले आफ्नो जनशक्ति तथा स्काभेटरको सहयोगमा आज धावनमार्ग हुँदै सुरक्षित स्थानमा पु¥याएको छ । यतिको विमान हटाएपछि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको छ । नेपालगञ्जबाट काठमाडौको लागि उडेको यति एयरलायन्सको नाइन एन एएचडब्लु जेट स्टिम चार्टर विमान…