ढिलासुस्ती गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने गृहमन्त्रीको थापाको चेतावनी

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न कडा निर्देशन दिएका छन् । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समिक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजनक रहेपनि अझै गति बढाउन आवश्यक रहेको बताए । उनले भने, ‘…