जगाती–कोटेश्वर सडकमा लागू भयो टाइमकार्ड

काठमाडौं - सरकारले दुर्घटना कम गर्ने उद्देश्यले मंगलबारदेखि भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म चल्ने गाडीमा टाइमकार्ड लागू गरेको छ। सडकमा तीव्र गतिका कारण दुर्घटना भएर धेरैले ज्यान गुमाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले टाइमकार्ड लागू गरेको हो। अब कोटेश्वर–जगाती सडकमा ट्रक, टिपर, भ्यानलगायत गाडीले प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र गुड्न पाउने भएका छन्। जगाती–कोटेश्वर सडकको बाँयातर्फ मालबाहक…