तीन अर्ब ठगी मुद्दाका भीएलएन सञ्चालकलाई धरौटीमा छाड्ने न्यायाधीश छानबिनमा तानिए

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेत छानबिनमा तानिएका छन्। मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा ३ अर्ब ठगी गरेको अभियोगमा मुद्दामा भीएलएन सञ्चालक रामप्रसाद श्रेष्ठलाई न्युन धरौटीमा छोडेको आरोपमा बस्नेतमाथि न्यायपरिषदले छानबिनन गर्न लागेको हो। बस्नेतमाथि छानबिन गर्न परिषद्ले दुई सदस्यीय छानबिन समिति बनाएको छ। समितिमा रामप्रसाद सिटौला र पदम वैदिक छन्। सरकारी वलिकमार्फत…