जाजरकोट - शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् । प्रतिवेदन बुझाएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको बताए । शिक्षाको गुणस्तर उकास्नकमा लागि गाउँपालिकाले स्रोतव्यक्ति कमललाई अध्ययन प्रतिवेदन…