मानव बेचबिखन आरोपमा दक्षिणकालीका वडाध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं – मानव बेचबिखन आरोपमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको हो । एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको एक खाजाघरमा प्रहरीले छापा मारेको…