आठ भारतीय मृत्यु प्रकरणः ५ सदस्यीय छानविन समिति गठन

काठमाडौं – नेपाल पर्यटन विभागले मकवानपुरको होटलमा ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरण छानविन गर्न समिति गठन गरेको छ । पर्यटन विभागको होटल शाखाले निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा बुधवार ५ सदस्यीय छानविन समिति गठन गरेको हो । सदस्यमा होटल शाखाकै सदस्य सचिव तिलक रिजाल, पर्यटन प्रहरीका इन्सपेक्टर अस्मिता कपाली रहेका छन् । समितिमा स्वास्थ्य मन्त्रालय…