स्वास्थ्य चौकीलाई गोले परिवारले दियो १५ लाखको जग्गा निःशुल्क

लालबन्दी – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न स्थानीय समाजसेवीले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । तुलसी टोलमा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न स्थानीय वासिन्दा नेमबहादुर गोलेका छोरा सन्तोषले आइतवार झण्डै १५ लाख पर्ने जग्गा निःशुल्क प्रदान गरेका हुन् । गोलेले दिवंगत आमा हीरामाया गोलेको नाममा आधारभूत स्वास्थ्य…