काठमाडौँ - पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर…