काठमाडौं– चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकाे घाेषणा गरेकी छन्। उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् । उनले विज्ञप्तिमार्फत माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राजीनामा पेश गरेको बताएकी छन् । ‘हो मैले राजीनामा दिएकी हुँ, राजीनामा दिनुको कारणबारे मैले विज्ञप्तिमा खुलाएकी छु, पौडेलले…