सप्तरी - सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ। भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा भिडन्त भएको हो। त्यस क्रममा प्रहरीले ५० किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी टोलीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई…